बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधानका लागि एक्सन टास्क फोर्स गठन गरिने

admin

काठमाडौं,२७ फागुन : सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्नका ¥यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको भन्दै यस सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न टास्क फोर्स गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रीपरिषदले फोहरमैला सम्बन्धी कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गरेको छ भने नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै पत्रकार दुर्घटना बीमा निर्देशिका स्वीकृत गर्ने, बन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका स्वीकृत गर्ने र औधोगिक व्यवसाय नियमावली स्वीकृत गर्ने तथा सार्वजनिक खरिद ११ औं संशोधन पनि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै उहाले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरव इमिरेट्स, सेशेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने निर्णय पनि भएको बताउनुभयो ।

मन्त्रीपरिषदले तुलसीपुर उपमहानगरपालीका र स्पेनको विलवाओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायर्म गर्न स्वीकृत प्रदान गरेको छ भने बीउ बिजनको किसिम वा जात सूचित गर्ने प्रयोजनार्थ राष्ट्रिय बीउ बिजन समितिबाट सिफारिस भइ आइबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृती दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया