थप १७ जनामा कोरोना पुष्टि

admin

काठमाडौं,५ चैत : मुलुकभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५४३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९९३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ जना र २ हजार ५५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १९७ पुगेको छ । सोही अवधिमा ८ हजार ७२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ३ हजार ५९५ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६२ हजार ९८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५४३ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख १३ हजार ११० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

प्रतिक्रिया