संघीय चुनावपछि राप्रपा-नेपाल कांग्रेस एमालेलाई चुनौति दिने गरि अघि बढ्ने कमल थापाको दाबी

admin

काठमाडौं, ६ चैत: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा बलियो हुने र संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गर्नुभएको हो ।

उहाँले संघीय चुनावपछि राप्रपाले कांग्रेस एमालेलाई चुनौति दिने गरि अघि बढ्ने बताउनुभयो । अहिले सामाजिक सञ्जालमा आफुलाई गालीगर्नेहरुको भीड लागेको भन्दै आगामी दिनमा उनीहरु राप्रपा नेपालमा नै आउने उहाँले बताउनुभयो ।

उहाँले राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर चुनावमा जाने जानकारी दिनुभयो । उहाँले दलहरु एमसीसीका नाममा राष्ट्रियतालाई कमजार बनाएकाले राप्रपा नेपालले राष्ट्रियताको पक्षमा आवाज उठाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बिभिन्न दलका कार्यकर्तालाई अध्यक्ष थापाले राप्रपा नेपाल प्रवेश गराउनुभएको थियो ।

 

 

 

प्रतिक्रिया