काठमाडौं,७ चैत : प्रतिपक्षी नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टी पोलिटब्यूरो बैठकले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरिने बताए ।
उनका अनुसार स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्नका लागि विधि र मापदण्ड पनि बनाइएको छ ।
स्थानीय तह निर्वाचनका लागि वडाध्यक्ष र वडा सदस्यहरु वडा कमिटीले सिफारिस गर्ने निर्णय गरिएको छ । यस्तै, पालिका निर्वाचनका लागि पालिका कमिटीहरुले गर्ने बताइउको छ ।