मुलुकलाई निकास दिनका लागि बाम एकताको खाँचो छ : एमाले नेता भुसाल

admin

काठमाडौँ, ८ चैत : नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग बाम एकताको खाँचो रहेको र यसको नेतृत्व एमालेले गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेकाले पार्टीको बिभिन्न बैठकमा आफुले वाम एकताको कुरा गरेको समेत बताउनुभयो ।

उहाले यसअघि नेकपामा रहेर तीन पार्टीमा बिभाजन भएको एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वैचारिक र सैद्धान्तिक समस्या नरहेको धारणा पनि राख्नुभयो ।

अहिले कम्युनिष्ट आन्दोलन अप्ठेरोमा रहेकाले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएको उहाको भनाई छ ।

त्यस्तै उहाले आगामी निर्वाचनमा तीन पार्टीले चुनावमा आफ्नो हैसियत अनुसारको नतिजा ल्याउने निश्चित रहेकाले तीन पार्टी एक भयो भने सबैभन्दा ठूलो दल बन्न सक्ने तर्क गर्नुभयो । उहाले कम्युनिस्ट दल एक हुँदा केहि व्यक्तिको हैसियत गुम्ने भएकाले यसको बिरोध गरिएको पनि बताउनुभयो ।

प्रतिक्रिया