काठमाडाैं, २७ चैत : भक्तपुरमा आजदेखि सुरु भएको विस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान भएको छ ।
ढुङ्गा हानाहान हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै आज बाट सुरु भएको हो ।
काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।