पाल्पा, ४ वैशाख :बगनासकाली गाउँपालिका–८, घिमिरेडाँडाका ८ वर्षीय बालक शशी घिमिरेको डुबेर मृत्यु भएको छ । घर नजिकै खोल्साको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाँच दिनअघिदेखि हराएका बालकको खोजतलास गर्ने क्रममा घर नजिकै खोल्साको पानीमा डुबेर मृत अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बीरन्द्र थापाले जानकारी दिए ।
घरदेखि १ हजार ५ सय मिटर टाढा पर्ने खोल्सीको पानीमा डुबेको अवस्थामा बालक फेला परेको उनले बताए ।