काठमाडौं, १२ वैशाख : २०७४ सालको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा कूल मतदाता १ लाख ६८ हजार ६८ जना रहेका थिए । निर्वाचनमा १ लाख २५ हजार ८५३ मत खसेको थियो ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जीसी विजयी बनेका थिए ।
जीसीले उक्त निर्वाचनमा ६० हजार ११८ मत प्राप्त गरेका थिए जुन नेपाली कांग्रेस र संघीय समाजवादी फोरम, नेपालका उम्मेदवारले प्राप्त गरेको कूल मतभन्दा बढी हो ।
उक्त निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ र संघीय समाजवादी फोरम, नेपालका उम्मेदवार हुमबहादुर गुरुङले ३ हजार १७० मत प्राप्त गरेका थिए ।
२०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिकाको उपमेयर पदमा पनि नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी थिइन् । उनले ५६ हजार ४४८ मत प्राप्त गरेकी थिइन् ।
उपमेयरमा पदमा नेपाली कांग्रेसका उम्मेदवार सरस्वती गुरुङले ४४ हजार ३३८ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा ढकालले ८ हजार ७९६ मत प्राप्त गरेकी थिइन् ।