काठमाण्डौ, ११ जेठ : काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ । काठमाण्डौको गौशाला, एयरपोर्ट क्षेत्रमा बिहान हल्का पानी परेको हो ।
काठमाण्डौ बाहिरका अन्य केही ठाउँमा पनि हल्का पानी परेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
आज दिउँसोपछि पनि पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने अनुमान छ ।
अन्य प्रदेशका पहाडी जिल्लामा पनि बेलुकीपख मेघगर्जनसहित पानी पर्ने अनुमान छ ।