काठमाडौं, १३ जेठ : काठमाडौँ महानगरपालिकाको मेयर पदमा बिजयी भएका बालेन शाहको बिजयी र्याली भैरहँदा स्वयं दलकै पुराना नेताहरु र विश्लेषकहरु आगामी संसदीय चुनावमा स्वतन्त्रहरुको बाढी नै आउने आकंलन गर्न थालेका छन्।
यस्तै स्वतन्त्र नागरिक समाजले पनि आगामी संसदीय निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमै स्वतन्त्र उम्मेदवार उठाउने र प्रत्येक निर्वाचन क्षेत्रका स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचनकाे खर्च स्वरूप रु. ३,००,००० (तिन लाख) दिने काे घाेषणा गरेको छ।
सामाजिक संजाल फेसबुक मार्फत एक बिज्ञप्ति जारी गर्दै स्वतन्त्र नागरिक समाजका संयोजक हेम बिक्रम सिलवाल उक्त कुराको जानकारी दिएका छन्।