पूर्वाधारको विकास मात्र होइन मानसिकता परिवर्तन पनि आवश्यक : चाँदतारा कुमारी

पिएनपि खबर

काठमाडौं, १८ जेठ : सांसद चाँदतारा कुमारीले देश विकासका लागि मानसिकता पनि परिवर्तन आवश्यक रहेको बताएकी छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सडकसहित भौतिक पूर्वाधारको विकास गरेर मात्र देशको उन्नति नहुने भन्दै यसका लागि मानसिकता पनि परिवर्तन आवश्यक रहेको बताइन् ।

गरिबी कार्ड बनाएर उनीहरुलाई सुविधा उपलब्ध गराउनुपर्ने जानकारी दिँदै उनले गरिबी नियन्त्रण गर्ने जिम्मा गरिबी मन्त्रालययमार्फत गरिनुपर्ने सुझाव दिइन् ।

देशमा परिवर्तन नै नभएको भन्ने होइन भन्दै आफू मुस्लिम समुदायबाट संसदमा आउनु पनि परिवर्तन भएको उनको भनाइ छ ।

प्रतिक्रिया