ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको ज्यान गयो

admin

मकवानपुर, २९ जेठ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबु र छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटको ठक्करबाट हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र उहाँकी छोरी अमिना तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बुलेटले रातोमाटेमा जीपलाई पनि ठक्कर दिएको थियो । बुलेट चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया