जन्ती हिँडेको ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, २१ जना घाइते

admin

हेटौंडा,  १९ असार :  पूर्वी मकवानपुरको फापरबारीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

धरान-चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो। दुर्घटनामा २१ जना घाइते भएका छन्।

दुर्घटनामा कक्षा १० मा पढ्ने करिब १६ वर्षीय विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

जन्ती बोकेर मकवानपुरको बेतीनीबाट सिन्धुली जाँदै गरेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर सडकबाट पल्टेर दुर्घटना भएको कार्कीले बताए।

कार्कीका अनुसार दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि एम्बुलेन्समा हेटौंडा अस्पताल ल्याइएको छ।

प्रतिक्रिया