चौतारा, ८ भदौ : सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भई संसद्ले गति लिएको बताउनुभएको छ ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसको २२औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले पुनःस्थापित सदनबाट नै विभिन्न विधायक पास हुँदै समस्या समाधान भएको बताउनुभयो ।
सो अवसरमा सहभागी वक्ताहरूले चौतारा बहुमुखी क्याम्पस जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गर्नुभएको थियो ।
क्याम्पसका प्राचार्य नगेन्द्रप्रसाद दंगालले वार्षिक प्रतिवेदन पेश गर्दै क्युएए प्राप्तिको बाटोमा क्याम्पस रहेको उल्लेख गर्नुभयो ।
उहाँले पुस्तकालय व्यवस्थापनदेखि अनुसन्धानमूलक कार्य र प्रयोगात्मक शिक्षामा जोड दिँदै जाने बताउनुभयो ।