थप ३२४ जना सङ्क्रमित, एकको मृत्यु

admin

काठमाडौं, १० भदौ : पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५१५ जनाको कोरोना परीक्षण गर्दा ३२४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ६७६ पीसीआर परीक्षण गर्दा १६३ र एक हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१८ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा तीन हजार ९४३ जना सक्रिय सङ्क्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १५ हजार ९३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया