छोराले गरे बाबुको हत्या

admin

पाल्पा, १२ भदौ : पाल्पाको माथागढी गाउँपालिकामा मानसिक रोगी छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।

माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय बालकले बाबु ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् ।

घरायसी विवाद हुने क्रममा उनले चिर्पट दाउराले हानेर बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शनिबार राती घरायसी विषयमा विवाद भएको थियो । सोही क्रममा छोराले बाबुको टाउकोमा चिर्पट दाउरा प्रहार गरेका थिए । दाउरा प्रहारपछि बाबुको घरमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छोरा मानसिक रोगी रहेको र बुबा पनि राम्रोसँग बोल्न नसक्ने स्थानीयले बताएका छन् । स्थानीयका अनुसार यसअघि पनि छोराले बुबालाई पटक–पटक हत्याको प्रयास गरेका थिए । छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया