सत्ता गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन गर्ने घोषणा

admin

काठमाडौँ, ५ असोज : सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले नागरिकता बिधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम बिरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उलंघन गरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका हुन् ।

पहिलो चरणको आन्दोलन अन्तर्गत बिहीबार सवै जिल्लामा संयुक्त बिरोध प्रदर्शन गर्ने, कार्टून प्रदर्शनी गर्ने र सडक बहस गर्ने लगाएतका रहेका छन् ।

उनीहरुले राष्ट्रपति दलीय स्वार्थ र इसाराबाट परिचालित भएर संविधान उलंघनमा लागेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले दलिय व्यवहार देखाएको आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनपछि संयुक्त बिद्यार्थी संगठनले काठमाडौंको आर आर क्याम्पस अगाडी राष्ट्रपतिको पुत्ला दहन गरेका थिए ।

प्रतिक्रिया