डा. गोविन्द केसीले तोडे अनसन

admin

काठमाडौँ, ८ असोज : सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि केसीले १३ औं दिनमा अनशन तोडेका छन् ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीँ उपचारत सरिता चाैधरीकाे हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

अनशन तोडेपछि केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन् ।

 

प्रतिक्रिया