गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि

admin

काठमाडौं, असोज १० : सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ ।

गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह बढ्न थालेको हो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा हुँदै छ । समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा राजनीतिक दलले बुझाइसकेका छन् । तर, गठबन्धनभित्र रहेका दलबीच प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अझै लाग्न सकेको छैन । गठबन्धनभित्रै सिट बाँडफाँटको टुंगो नलाग्दै प्रमुख चार दलभित्र आन्तरिक झगडा बढ्दै गएको हो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया