संखुवासभाबाट युवा ब्यवसायी तेन्जिङ भोटियाको स्वतन्त्र उम्मेदवारी

admin

काठमाडौं, १३ असोज: संखुवासभा जिल्लाको भोट्खोला गाउँपालिकाका तेन्जिङ भोटियाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो उम्मेदवारी दाबी गरेका छन् ।

आमागी प्रतिनिधि सभाका लागि उनले स्वतन्त्र उमेदवारी घोषणा गरेका हुन् । उनी संखुवासभा निर्वाचन क्षेत्रबाटै चुनाब लड्ने छन् ।

काठमाडौंमा एक प्रतिष्ठित माध्यमिक तह सम्मको विद्यालय संचालन गर्दै आएका तेन्जिङ  एक युवा शैक्षिक व्यवसायी हुन ।

विगतमा पटक पटक अवसर पाएर पनि विकास गर्न नसकेकालाई हटाएर केहि गर्छु भन्ने युवालाई एक पटक अवसर दिन आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाई छ ।

दलिय सिन्डिकेट तोड्दै, नातावाद, कृपावादको अन्त्य गरि भ्रष्टाचार मुक्त समृद्ध समाज निर्माण गर्न र जिल्लामा रहेका श्रोत साधनलाई प्रयोग गरि पर्याप्त रोजगारीको अवसर सृजना गर्नको लागि र संखुवासभालाई राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनाउन पनि आफ्नो उमेरदारी महत्वपूर्ण रहेको उनको भनाई छ ।

प्रतिक्रिया