मुलुकको नेतृत्व गर्न तयारीमा लागेको छु : गगन थापा

admin

काठमाडौँ, २३ कात्तिक : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफु तयारीमा लागेको बताउनुभएको छ ।

बुधबार सिन्धुपाल्चोकका मतदाताहरुसंगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा बिजयी भएपछि प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा दावेदारी प्रस्तुत गर्ने बताउनुभयो ।

अव मुलुक चलाउने जिम्मेवारी युवाहरुलाई दिनुपर्ने भन्दै त्यसको सुरुवात आफैले गर्ने उहाको भनाई छ । थापाले आगामी निर्वाचनबाट सांसद भइसकेपछि संसदीय चूनाव लड्छु भन्नु आफ्नो अहंकार नभएको बताउनुभयो ।

अव शिर्ष नेताहरुलाई पछाडीको सिटमा राखेर स्टेरिङ समात्न आफु तयार रहेको उहाले बताउनुभयो । त्यस्तै थापाले संघ र प्रदेशको निर्वाचन गठबन्धनले जित्ने भन्दै त्यसपछिको कार्यभार सफलताका साथ पुरा गर्नका लागि तयार हुनुपर्ने धारणा राख्नुभयो ।

यसअघिको पाँच बर्ष एउटा व्यक्तिको अहंकारका कारण असफल भएकाले अवको पाँच बर्ष स्थीरता र परिणाममुखी हुनुपर्ने थापाको भनाई छ ।

प्रतिक्रिया