काठमाडौं, मंसिर १ : हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले आसन्न निर्वाचनमा कुनैपनि पार्टीलाई आफ्नो समर्थन नरहेको बताएको छ ।
पार्टीका प्रवक्ता ई डिल्लिश्वोर कार्की (रोहन) ले बिहिबार विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधि तथा प्रदेश निर्वाचनमा कुनै पार्टीका उम्मेदवारलाई समर्थन नगरेको जानकारी गराएका छन् ।
सत्ता पक्ष र विपक्ष कुनै पनि उम्मेदवारलाई समर्थन तथा तालमेल नरहेको बताउदै देशभर आफ्नो उम्मेदवार रहेको जनाएको छ । उम्मेदवार नरहेको क्षेत्रमा मात्र सक्षम स्वतन्त्र उम्मेदवारलाई आफ्नो समर्थन रहने विज्ञप्ती मार्फत जानकारी दिएको छ ।