सरकारमा जाने नजाने छलफलमै छौं : रवि लामिछाने

admin

काठमाडौँ, ४ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन् ।

निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने बताए ।

उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आया भने एउटा अवस्था होला, नभए सरकारमा जानका लागि जानुको अर्थ हुँदैन भनेर छलफलमा छौं ।’

मुलुक अनिर्णयको बन्दी बन्न नहुने उनले बताए । आफूहरुको सहभागिता विना सरकार नै नबन्ने अवस्था नरहेको, तर सहज हुनसक्ने भन्दै उनले भने, ‘हामी छलफलको क्रममा छौं र यसलाई तीव्र बनाएका छौं ।’

प्रतिक्रिया