करेन्ट लगाएर श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ

admin

काठमाडौँ, ६ पुस : करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।

कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए ।

घटनामा प्रयोग भएको ना ३ च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया