बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान अवतरण ठप्प

admin

काठमाडौं ,पुस ७ : बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प भएको छ ।

बिहानैदेखि हुस्सु लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

अवतरण हुन नसकेपछि दिल्लीबाट आएका दुई वटा तथा क्वालालाम्पुर र सारजाहबाट आएका एक, एकवटा जहाज अहिले आकाशमा घुमिरहेका छन् ।

आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान र अवतरण सुरु हुने विमानस्थलले जनाएको छ ।

जहाजहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुन सक्ने प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया