प्रचण्डले छिमेकीसँगको कूटनीतिक सम्बन्धमा सुधार ल्याउलान् ?

admin

काठमाडौँ, १८ पुस : प्रधानमन्त्री नियुक्ति भएलगतै पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने र सम्बन्ध सुधार गरेर अगाडि बढ्ने बताए पनि त्यसलाई व्यवहारमा उतार्न उनले कतिको पहल गर्लान् ? भन्ने प्रश्न र चासो सर्वत्र देखिएको छ ।

प्रधानमन्त्री नियुक्ति भएलगतै चीनले सुरुमा बधाई दिए पनि दक्षिणी छिमेकी भारतले भने केही दिनपछि बधाई दियो ।

पछिल्ला वर्षमा नेपालमा पश्चिमा राष्ट्रहरू विशेषगरी अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धा बढेर गएको छ । जसमा भारतको जर्बजस्ती उपस्थिति छ । प्रधानमन्त्री नियुक्त भएलगतै उनले ‘नेपालमुखी’ परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतीय समाचार संस्था एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा आफू नेपालमुखी बन्ने बताएका हुन् । तर, उनले भनेअनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्न सक्छन् या सक्दैनन् त्यो भने अब आउने दिनेले देखाउने नै छ ।

त्यसो त प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा २०६५ मा नेपालबाट पहिलोपटक भारत भ्रमण गर्ने परम्परालाई तोड्दै चीन गएका थिए ।

त्यतिखेर उनी ओलम्पिक समापन समारोहमा सहभागी हुन चीन पुगे । प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट हुने परम्परा तोडेकोमा दक्षिणी छिमेकी असन्तुष्ट भएको बुझेपछि दाहालले ‘पहिलो राजनीतिक भ्रमण भारतबाट गर्ने’ भन्नुपरेको थियो । तैपनि, भारतसँग दाहालको सम्बन्ध राम्रो हुन सकेन ।

पछिल्लो समय दाहालले भारतसँग सम्बन्ध सुमधुर बनाउने प्रयास गरिरहेका छन् । नेपालको भारतसँग रहेका समस्या र चुनौती एकातिर छन् भने नेपाल नै माध्यम भएर अमेरिका र चीनको प्रतिस्पर्धा अर्कोतिर छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू