राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धनको भविष्य टुंग्याउँछ: माधव नेपाल

admin

काठमाडौँ, ७ फागुन : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको निर्वाचनपछि वर्तमान गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंको किर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पदका बिषयमा गठबन्धन धराप अवस्थामा पुगिसकेको भन्दै राष्ट्रपतिको निर्वाचनपछि यसको भविष्य टुङ्गो लाग्ने बताउनुभएको हो ।

उहाले संविधान, गणतन्त्र विरोधी लगाएत सवै शक्तिहरु गठबन्धनमा रहेकाले गठबन्धन धेरै दिन टिक्ने संकेत नदेखिएको धारणा राख्नुभयो ।

नयाँ घण्टी बजाउदै आएका पार्टीको चरित्र पनि जनताले देखिसकेको र पदकै लागि कुरा नमिल्दा गठबन्धन भत्किनेतर्फ उन्मुख भएको उहाले बताउनुभयो ।

उहाले वर्तमान गठबन्धन सरकार भत्किएपछि नेकपा एकीकृत समाजवादीले कांग्रेसको काध थाप्ला की भन्ने चिन्ता सुरु भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीका नेताले नै मेचीमा राजतन्त्र वकालतको नेतृत्व गर्नु बिचित्र भएको टिप्पणी गर्नुभयो ।

उहाले आफ्नो पार्टी दक्षिणपन्थी अवसरबाद प्रतिगमनका बिरुद्ध जुध्न चाहने बताउनुभयो । अध्यक्ष नेपालले आगामी स्ववियु निर्वाचनमा देशभरका क्याम्पसमा बिजयका झण्डा गाड्ने गरि तयारी गर्न संगठनलाई निर्देशन दिनुभयो ।

 

 

प्रतिक्रिया