काठमाडौँ, २६ फागुन : ऋणको साँवा ब्याज नतिर्ने र ब्याज असुली गर्न आउने कर्मचारीलाई कालोमोसो लगाउने अभियान चलाएका व्यवसायी दुर्गा प्रसाईका कारण एक महिनादेखि बैंक तथा वित्तीय क्षेत्र त्रसित छ ।
यही बेला निजी क्षेत्रका विभिन्न संघसंस्था मिलेर बैंक ब्याजदरका विरुद्धमा फेरि आन्दोलन गर्ने तयारी गरेका छन् ।
आन्दोलनको प्रारुप तयार गर्न भोली शनिबार राजधानीमा देशभरका सम्पूर्ण जिल्ला, नगर उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी र सदस्यको भेला आह्वान गरिएको छ ।
मोरङ व्यापार संघको नेतृत्वमा हुन लागेको भेलाले नै आन्दोलनको मोडालिटी र अबका कदमका विषयमा निर्णय गर्नेछ ।
चर्को ब्याजदर विरुद्धको आन्दोलनमा देशभरका सबै व्यवसायीहरुको एउटै आवाज रहेकाले आन्दोलनको विकल्प नभएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको दाबी छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।