काठमाडौं, चैत २० : पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकभित्र देखिएको दलीय खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन्।
सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन ग्रहणपश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताए।
सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताए। उनले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती शान्ति र अनुशासन बिना हुन नसक्ने बताए।
उनले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको टिप्पणी गरे।
उनले राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने बताए। परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणलीले कुनै खदिलो परिणाम दिन नसक्ने उनको भनाइ छ।
पूर्वराजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धति, शान्ति र अनुशासनबिना हुन नसक्ने बताए।