भोलिदेखि एसीसी प्रिमियर कप क्रिकेट

admin

काठमाडौँ, ४ वैशाख : नेपालमा मंगलबारबाट एसीसी पुरुष प्रिमियर कप क्रिकेट सुरु हुँदै छ ।

एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । नेपालको समूह चरणका तीन खेल टियु मैदानमा हुँदा एक खेल मुलपानी मैदानमा हुनेछ । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ ।

प्रतियोगीता अघि सोमबार काठमाडौंमा भएको प्रीम्याच कम्फ्रेन्समा सवै टीमका कप्तानहरुले उत्साहित भएर खेलको तयारी गरेको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले सवै खेलाडीहरुले राम्रो तयारी गरेको भन्दै राम्रो नजिता आउने बताए ।

त्यस्तै अन्य देशका कप्तानहरुले पनि प्रतियोगीतामा राम्रो नजिता हासिल गर्ने दावी गरेका छन् । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । नेपालले बैशाख ५ मा मलेसियाविरुद्ध टियु मैदानमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा बैशाख ८ मा ओमानविरुद्ध टियु मैदानमा नै खेल्ने नेपालले तेस्रोखेल भने मुलपानी मैदानमा बैशाख ११ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख १४ मा कुवेतविरुद्ध टियु मैदानमा खेल्नेछ ।

समूह ’बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ । एसिया इमर्जिङ कप आगामी जुलाईमा हुनेछ ।

प्रतिक्रिया