स्वास्थ्यमन्त्री बस्नेत र बेलायती कार्यबाहक राजदूत बर्डबीच शिष्टाचार भेट

admin

काठमाडौं, असार २७ : बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसंग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बुधबार मन्त्रालयमा भएको भेटवार्तामा स्वास्थ्य क्षेत्रमा भएको दुईपक्षिय सहयोग र सम्झौताका बिषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास अपेक्षा रहेको बताउनुभयो ।

सो क्रममा कार्यबाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको बताउनुभएको थियो ।

त्यस्तै उहाले नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरण गर्दै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्विमा सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया