दाङमा अविरल वर्षाले १६ घर डुबानमा, एक घर भत्कियो

admin

काठमाडौं, साउन ९ : अविरल बर्षाका कारणले दाङको लमही नगरपालिका गढवा गाँउपालिका र राजपुर गाँउपालिकामा १६ घर डुवानमा परेका छन् भने एक घर भत्किएको छ ।

घरहरु डुवानमा परेको खवर प्राप्त हुनासाथ पुगेको प्रहरीले नागरीकहरुको उद्दार गरेर सुरक्षित स्थानमा सारेको छ । राजपुर गाँउपालिका २ कि पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ प्रहरीले जनाएको छ ।

त्यसैगरी खहरे खोलाहरुमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडक खण्ड अवरुद्ध भएको छ । पालिकाको सहयोगमा डोजरहरुको प्रयोग गरेर बाढि संगै आएको पहिरो तथा लेदो हटाउने काम शुरु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै तुलसीपुर देखी घोराही आउँदै गरेको स्कारपियो तुलसीपुर १४ मा पर्ने स्थानिय खोलामा आएको बाढिले बगाएको छ । गाडीमा चालक मात्रै रहेको र चालकको उद्दार गरिएको पनि प्रहरी जनाएको छ ।

लगातारको वर्षाले राप्ती नदि र ववै नदिमा बाढि आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाव फिल्ड कार्यालय दाङले बिहानै नदी तटका वासिन्दालाई सतर्क रहन सुचना जारी गरेको थियो ।

 

प्रतिक्रिया