कालीमाटी तरकारी बजारको निर्णय बिरुद्ध राष्ट्रिय किसान सञ्जालको धर्ना

admin

काठमाडौं साउन ११ : कालीमाटी तरकारी बजारका सटरहरु विना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी बजार विकास समितिको कार्यालय धर्ना दिएका छन् ।


बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धा मार्फत भाडामा लगाउनुुपर्ने र विना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै किसान सञ्जालले धर्ना दिएका हुन् ।

सञ्जालले बजारका ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई सहुलियत दरमा छुट्टाउनुपर्ने, बजार बिकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग पनि अघि सारेको छ भने किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने लगाएतका माग राख्दै बिगत चार दिनदेखि निरन्तर समितिको कार्यालय धर्ना दिइएको अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले बताउनुभयो ।

धर्ना कार्यक्रम समितिले गरेको निर्णय फिर्ता नगरेसम्म निरन्तर जारी रहने संजालले जनाएको छ । यस्तै सञ्जालले लम्पी स्किन रोगबाट पशु क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै थप देशव्यापी आन्दोलन सुरु गरेको समेत जनाएको छ ।

 

प्रतिक्रिया