काठमाडौं, ९ भदौ : सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरूले प्रदर्शन गरेका छन्।
शनिवार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरू तरहराको पानीपियामा आन्दोलित भएका हुन्। शुक्रवार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको छ।
हिन्दु धर्मावलम्बीहरूको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ। हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्यालीमा हजारौं सर्वसाधारण सहभागी छन्। धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रूपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो।
हिन्दु धर्मावलम्बीहरूले गाई, गोरुलाई आस्थाले पूजा गर्छन्। एक धर्मावलम्बीहरूले अर्को धर्मावलम्बीहरूको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यति वेला आन्दोलन चर्किंदै गएको छ।