गैह्रीगाउँमा हत्या गरिएका चार जनाको सनाखत, एक जना पक्राउ

admin

काठमाडौं, ३० भदौं : काठमाडौँको तीनकुनेस्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ ।

दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनाली जानकारी दिए।

मैनालीका अनुसार काष्ठ मिलमा सुरक्षा गार्डको रुपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको हो।

प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौं महानगरपालिका- ३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। मैनालीले तालिम प्राप्‍त कुकुर समेत लगेर अनुसन्धान कार्य शुरु गरिएको जानकारी दिए।

प्रतिक्रिया