प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

admin

काठमाडौं, १८ असोज : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ ।

संघीय संसद्‌ सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत्‌ विधेयक २०८० पेश गर्नेछन् ।

सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गरिनेछ ।

साथै पुर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

प्रतिक्रिया