काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षण तीव्र

admin

काठमाडौं, २९ असोज : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा पशु स्वास्थ्यपरिक्षणलाई तीव्रता दिएको छ ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कलङ्की खसी बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल लगाएता बिभिन्न स्थानमा पशु स्वास्थ्यपरिक्षणलाई तीव्रता दिएको जनाएको हो ।

पशु स्वास्थ्यपरिक्षण र नमुना संकलनका लागि ५८ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

सो क्रममा स्वस्थ पशुलाई हरियो रंग लगाउने, रोगी पशुलाई रातो रंग लगाउने र तुरुन्तै समूहबाट निकालेर बिक्रिबितरणमा रोक लगाउने गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै चाडपर्व लक्षित गरेर दुग्ध विकास संस्थानबाट उत्पादित दूग्ध पदार्थको मूल्यमा कटौति गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रीडा बेदुराम भुसालले जानकारी दिनुभयो ।

मन्त्री भुसालले किसानले उत्पादन गरेको दुध प्रयाप्त हुँदा बाहिरबाट दुध नल्याइने गरि काम भएको बताउनुभयो । उहाले दुधको कारोवार गर्ने संस्थाहरुले एक महिना भन्दा बढि वक्तौता नगर्न भनिएको धारणा राख्नुभयो । लम्पी रोगबाट प्रभाबितहरुलाई राहत दिनका लागि कार्यविधि तयार पारेर अर्थ र गृह मन्त्रालयमा पठाइएको उहाले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री भुसालले खाद्य तथा दाना पदार्थ लक्षित बजार अनुगमनलाई पनि तीवता दिइएको बताउनुभयो । सो क्रममा खाद्य ऐन प्रतिकुल उत्पादन गर्ने २ वटा उद्योगलाई सिलबन्दी गरिएको र १९ मुद्धा दायर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया