काठमाडौं, मंसिर १७ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गमैत्री कानून र नीति बनाउने काम अघि बढिरहेको जानकारी दिनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा अपाङ्गमैत्री कानून र नीतिलाई परिपक्व बनाउनका लागि गहन रुपमा छलफल भइरहेको जानकारी दिनुभयो ।
त्यस्तै उहाले अपाङ्गसम्बन्धी नीति सम्बन्धीत समितिबाट पारित भइसकेको भन्दै अव बस्ने मन्त्रिपरिषद्बाट पनि पारित हुने बताउनुभयो । मन्त्री ज्वालाले अपाङ्गता भएका व्यक्तिको उत्थानका लागि आत्मनिर्भर र सम्मानित जीवन बाँच्ने वातावरण मिलाउनु राज्यको पहिलो दायित्व भएको पनि धारणा राख्नुभयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले सङ्घ, प्रदेश र स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्घिको कार्यक्रमका लागि बजेटको अभाव भएको भन्दै सरकारले यसमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।