काठमाडौं, मंसिर १९ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलहरुको कामको मूल्याङ्कन गर्दै सहि वा गलत भन्न सक्नुपर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा बालक्लवका पूर्व सदस्यहरुको दोश्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै तिमिल्सिनाले निर्वाचनमा समयमा दलहरुले सार्वजनिक गरेको घोषणापत्रका आधारमा काम गरे नगरेको मूल्याङ्कन गर्दै सहि वा गलत भन्न सक्नुपर्ने बताउनुभएको हो ।
उहाले दलहरु गरेको गरेका प्रतिवद्धताको कार्यान्वयनका आधारमा आम निर्वाचनमा दलहरुलाई मत दिन सक्नुपर्ने जिकिर गर्नुभयो । युवाहरु देशको मियो भएकाले मुलुकलाई ठिक ढंगले लानका लागि आवश्यक भूमिका निर्वाचन गर्नुपर्ने उहाले बताउनुभयो ।
उहाले नेपालका युवाहरुलाई नेपालमा गुणस्तरीय शिक्षाका साथै रोजगारको व्यवस्थाका लागि पनि राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा आएका कुराहरुको बिश्लेषण गर्दै धारणा बनाउन उचित हुने उहाको भनाइ छ ।