यी स्थानमा आज हिमपातको सम्भावना

admin

काठमाडौं, मंसिर २० : कोशी, मधेश र बागमती प्रदेशको मौसम आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया