पशुपति क्षेत्र विकास कोषले महादीप प्रज्वलन गर्न दिएन, विश्व हिन्दु युवा संघले दियो यस्तो चेतावनी

admin

काठमाडौं, मंसिर २० : विश्व हिन्दु युवा संघले कैलाशमा त्रयोदशीको दिन पशुपति क्षेत्र विकास कोषले महादीप प्रज्वलन गर्न नदिएको निर्णयप्रति भत्र्सना गरेको छ ।

हिन्दु तथा बौद्ध परम्परा अनुसार गर्दै आएको कार्य नरोक्ने चेतावनी दिँदै विश्व हिन्दु युवा संघले प्रेस विज्ञप्ती निकालेको छ । आफ्ना दिवंगत पितृहरुको सम्झनामा हरेक वर्ष मंसिर कृष्णपक्षको बालाचतुर्दशीको अघिल्लो रात त्रीयोदशीको दिन पशुपतिनाथ क्षेत्रमा रातभर जाग्राम बसी दिप प्रज्वलन गरिन्छ ।

उक्त कार्यलाई पशुपति क्षेत्र विकास कोषले रोक्न खोजेपछि हिन्दु तथा बौद्ध परम्परा अनुसार गर्दै आएको कार्य नरोक्ने चेतावनी दिँदै विश्व हिन्दु युवा संघले प्रेस विज्ञप्ती निकालेको छ । संघले विज्ञप्ति मार्फत धर्म विरोधी निर्णय खारेज गर्न विज्ञप्ति मार्फ उल्लेख गरेको छ ।

प्रतिक्रिया