एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी, र रहस्यमय: पूर्व सभामुख सापकोटा

admin

काठमाडौं, मंसिर २० : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी, र रहस्यमय भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा सापकोटाले यस बिषयमा सरकारले अध्ययन र छानविन गरेर गठबन्धन दलले निष्कर्ष निकालेको समेत बताउनुभयो । सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने उहाले बताउनुभयो ।

प्रवक्ता सापकोटाले लोकतन्त्रलाई सुदृढ बनाउनका लागि समय समयमा समिक्षा गर्नुपर्ने जिकिर गर्नुभयो । उहाले जनतालाई भ्रममा पारेर व्यवस्थाबिरुद्धको आन्दोलन सफल हुन नसक्ने दावी गर्नुभयो ।

उहाले वर्तमान सरकारले जनतालाई सुशासन र सेवा प्रवाह सही ढंगबाट पस्कन हालै मात्रै भूकम्पपीडितहरू उचित व्यवस्थापन, राहत वितरणका साथै ललितानिवास, सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोलेर न्यायको अनुभूति दिलाउने कार्य गरेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया