आजको मौसम :पहाडी भेगमा वर्षा, हिमाली क्षेत्रमा हिमपात

admin

काठमाडौं, मंसिर २६ : पहाडी भेगमा अहिले आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया