विश्वमै सार्वजनिक विदा धेरै दिने देशमा नेपाल पहिलाे

admin

काठमाडौं , पुस १८: वार्षिकरुपमा सार्वजनिक विदा दिने देशमा नेपाल विश्वकै पहिलाे बनेको छ । वार्षिक रुपमा सबैभन्दा धेरै दिन सार्वजनिक विदा दिने देशको सूचीको पहिलो नम्बरमा नेपाल परेको हो ।

वर्ल्ड अफ स्टाटिस्टिकले मंगलबार सार्वजनिक गरेको नयाँ सूचीमा नेपाल विश्वमै सबैभन्दा धेरै विदा दिइने देश बनेको हो । नेपालमा वार्षिक ३५ दिन सार्वजनिक विदा हुने गरेको छ ।

नयाँ सूचीअनुसार दोश्रो स्थानमा रहेको म्यानमारमा वार्षिक ३२ दिन, तेश्रोमा रहेको इरानमा २६ दिन, चौथोमा रहेको श्रीलंकमा २५ दिन, पाँचौंमा रहेको बंगलादेश र इजिप्टमा २२ दिन वार्षिक सार्वजनिक विदा हुने गरेको छ ।

पाकिस्तान, जापान, आइसल्याण्ड, इण्डोनेसिया, कजाकिस्तान र थाइल्याण्डमा एक वर्षमा १६ दिन मात्र सार्वजनिक विदा हुन्छ । यस्तै, अस्टिया, चिली, डेनमार्क, नर्वे, दक्षिण कोरिया, टर्की भेनेजुएला जस्ता मुलुकमा वार्षिक १४ दिन मात्रै सार्वजनिक विदा दिने गरिन्छ ।

अमेरिका, चीन र रसियाजस्ता शक्तिशाली र सम्पन्न देशहरुमा वार्षिक ११ दिन मात्र सार्वजनिक विदा हुन्छ भने सबैभन्दा कम मेक्सिकोमा ८ दिन विदा हुन्छ । यूकेमा ८ देखि १० दिन विदा हुने गरेको छ ।

प्रतिक्रिया