सन्दीपको सजाय आज तोक्दै अदालत, कति वर्ष होला कैद?

admin

काठमाडौं, पुस २५ : बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ ।


पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेको सजाय तोक्न आज पेसी तोकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

आजको पेसीले लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्ने छ । उनीमाथि ७ देखि १० वर्ष कैद सजाय हुनसक्ने सम्भावना रहेको कानुका जानकारहरुको भनाइ छ ।

अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम सन्दीपले कसुर गरेको ठहर फैसलामा गरिएको छ । दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया