कांग्रेसको पछि नलागे माओवादी राष्ट्रिय पार्टी बन्न सक्दैन : शंकर पोखरेल

admin

काठमाडौं,माघ ५ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको पछि नलाग्ने हो भने माओवादीलाई राष्ट्रिय पार्टी बन्न होडवाजी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले अहिले माओवादी आन्दोलन ओरालो लागेको भन्दै कांग्रेस संगै हिड्न तयार नभए राष्ट्रिय पार्टी बन्न माओवादीलाई होडवाजी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको हो ।

उहाले माओवादी नेतृत्वको सरकारले राष्ट्रिय चूनौतिलाई सामना गर्न नसकेको भन्दै शसक्त रुपमा जनताका बिचमा जानुपर्ने अवस्था देखिएको धारणा राख्नुभयो ।

उहाले प्रधानमन्त्रीले नै छिमेकीहरुका लागि कम्र्फटेवल हुने बताइरहेको भन्दै राष्ट्रिय हितका प्रश्नमा लम्पसारबादी नीतिलाई अवलम्वन गर्ने काम सत्तापक्षबाट भइरहेको तर्क गर्नुभयो ।

उहाले एमालेको सरकारलाई षढयन्त्रपूर्ण ढंगले हटाएपछि मुलुकको बिकास र समृद्धिको काम ठप्प भएको बताउनुभयो ।

प्रतिक्रिया