नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाईदा लिन सकेन: पूर्व राजदूत उपाध्याय

admin

काठमाडौं,माघ ११ : भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाईदा लिन नसकेको बताउनुभएको छ ।

भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोटर्स क्लबले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यायले भारतले आर्थिक बिकासमा फड्को मारेपनि नेपालले त्यसको फाइदा लिन नसकेको बताउनुभएको हो ।

नेपालमा अहिले आर्यघाटमा जाने बेलासम्म सत्तामा बस्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई फाल्नुपर्नेमा उहाले जोड दिनुभयो । उहाले सरकारको तर्फबाट भ्रष्टाचारविरुद्धमा राम्रो काम भएको भन्दै गहिराईमा गएर अन्वेषण गर्नुपर्ने धारणा राख्नुभयो । उपाध्यायले नेपालमा समस्या भएको उल्लेख गर्दै अब समस्या कसरी समाधान गर्ने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

त्यस्तै एमाले नेता डा.राजन भट्टराईले आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताउनुभयो । नेपालका दुई छिमेकी मुलुकहरु अहिले तीब्रतर समृद्धिको बाटोमा रहेका बताउँदै उहाले दुई छिमेकी मुलुकहरुबाट नेपालले पनि सिक्न आवश्यक रहेको बताउनुभयो । नेता भट्टराईले नेपालले छिमेकी देशको तुलनामा विकास र समृद्धिमा किन पछि पर्यो भनेर सोच्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै उहाले देशका समृद्धि र विकासका लागि संविधान र व्यवस्था, वातावरण, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बाधक नरहँदा पनि मुलुकले गति लिन नसकेको जिकिर गर्नुभयो । नेता भट्टराईले वर्तमान सरकार अल्मलिरहेको टिप्पणी पनि गर्नुभयो ।

प्रतिक्रिया