संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा कांग्रेसलाई समेत विश्वासमा लिएर अघि बढ्छौं : अर्थमन्त्री पुन

admin

काठमाडौं, २४ फागुन । अर्थमन्त्री बर्षमान पुनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयमा कांग्रेसलाई समेत विश्वास लिएर अघि बढ्ने बताउनुभएको छ ।

बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गदै मन्त्री पुनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषय समग्र मुलुकको बिषय भएको भन्दै यसमा कांग्रेसलाई समेत विश्वास लिएर अघि बढ्ने बताउनुभएको हो ।

अरु राजनीतिक बिषयमा दलहरुबीच मतभेद हुन सक्ने भएपनि शान्ति प्रक्रियाका बिषयमा सवै दलहरुबीच मतभेद नरहेको उहाले बताउनुभयो ।

यस्तै मन्त्री पुनले परिवर्तन चाहनेशक्तिहरु अहिले एक ठाँउमा आएकाले अव काम गरेर जनतामा परिवर्तनको महशुस गराउनुपर्ने धारणा राख्नुभयो । उहाले अहिले बाम एकताको कुनै सन्दर्भ नरहेको र सहकार्यको सन्दर्भ रहेको बताउनुभयो ।

मन्त्री पुनले मुलुकको अर्थतन्त्र सुधारका लागि धेरै काम गर्नुपर्ने भन्दै सरकार गम्भीर भएर लाग्ने पनि बताउनुभयो । त्यस्तै उहाले बजेटमार्फत सरकारले खर्च गर्ने सामथ्र्य बढाउनुपर्ने र राजस्व संकलनलाइ प्रभावकारी बनाउनुपर्ने र त्यसको योजना बनाइसकेको बताउनुभयो ।

प्रतिक्रिया