काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसदको मूल्य मान्यतालाई सरकारमा बस्नेहरुले तिलाञ्जली दिएको टिप्पणी गर्नुभएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसंग कुरा गर्दै महतले बिपक्षी दललाई बेवास्ता गरेर सदनको कामकारवाहीलाई अघि बढाएको र संसदको मूल्य मान्यतालाई सरकारमा बस्नेहरुले तिलाञ्जली दिएको टिप्पणी गर्नुभएको हो ।
यो लोकतन्त्र र संविधानका लागि राम्रो संकेत नभएको उहाले बताउनुभयो । सहकारी प्रकरणमा कांग्रेसले राखेको माग पुरा गर्न सरकार तयार नभएको उहाको भनाइ छ ।
उहाले पद र हैसियत भन्दा तल झरेर गृहमन्त्रीले संसदमा अभिव्यक्ति दिएको धारणा राख्नुभयो । प्रवक्ता महतले प्रतिपक्षीको विरोधकाबीच संसदमा विश्वासको मत लिने काम संसदको इतिहासमा नै अनौठो नजिर स्थापीत भएको बताउनुभयो ।
उहाले संविधानको खिलापमा गठबन्धनका दलहरु लागेको आरोप लगाउनुभयो ।