बेपत्ता योद्धाहरूका बारेमा राज्य बेपरवाह जस्तो देखियो : विप्लव

admin

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बेपत्ता योद्धाहरुका बारेमा राज्य वेप्रवाह जस्तो देखिएको बताउनुभएको छ ।

१५ औं राष्ट्रिय बेपत्ता योद्धा स्मरण दिवसको सन्दर्भमा बेपत्ता योद्धा परिवार समाज, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले मुलुकको परिवर्तनमा सहिद वेपत्ताहरुको महत्वपूर्ण योगदान भएपनि अहिले बेपत्ता योद्धाहरुका बारेमा राज्य वेप्रवाह जस्तो देखिएको बताउनुभएको हो ।

उहाले जनयुद्धमा बेपत्ता भएकाहरु राज्यको परिवर्तनका हकदार भएकाले उनीहरुको स्वामित्व राज्यले लिनुपर्ने बताउनुभयो ।

उहाले संक्रमणकालीन न्यायका बिषयमा दलहरुबीच फरक–फरक नभइ समाज धारणा बनाउनुपर्ने र बेपत्ता योद्धा परिवारका गुनासा सुन्नुपर्नेमा जोड दिनुभयो ।

सहीद परिवारका बारेमा राज्य अलि गम्भीर देखिएपनि बेपत्ता परिवारको खोजीका लागि राज्य गम्भीर नदेखिएको उहाको भनाइ छ ।

प्रतिक्रिया